युट्युबमा प्रांन्क गर्दा १५ महिना जेल सजाय | Khabarhub Khabarhub

युट्युबमा प्रांन्क गर्दा १५ महिना जेल सजाय


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- घरविहीन व्यक्तिलाई बिस्कुटमा दन्तमन्जन राखेर खान दिएर झुक्याएको अभियोगमा एक युटुबरलाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो घटना स्पेनको हो । स्पेनिस ब्लगर कान्घ रेनले नैतिकताको उल्लंघन गर्दै सन् २०१७ मा घरविहीन व्यक्तिमाथि प्रा‌ंन्क (मजाक भिडियो बनाउनु) गरेका थिए ।

बार्सिलोनास्थित अदालतले ब्लगर रेनको युट्युब च्यानल पूर्ण रुप बन्द गर्न आदेश दिँदै आगामी सन् २०२४ सम्म कुनै पनि भिडियो पोस्ट गर्न नपाउने निर्णय सुनाएको छ ।

यस्तै गरी रनले पीडित व्यक्तिलाई २० हजार युरो क्षतिपूर्ति तिर्नु पर्ने पनि अदालतले आदेश दिएको छ । रेनले भिडियोमा मजाक गरेका घरविहीन ति व्यक्तिको पनि पहिचान खुलेको छ ।

ति व्यक्ति रोमानियन जर्ज एल रहेको र बार्सिलोना आउनु अघि उनी गोठालोको काम गर्ने गरेको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका चन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ३७ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका