विश्वकप क्रिकेट : पहिलो जीतका लागि श्रीलंका र अफगानिस्तान भिड्दै | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पहिलो जीतका लागि श्रीलंका र अफगानिस्तान भिड्दै


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछन् । वेल्सको कार्डिफ स्टेडियममा हुने दुई देशबीचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यसअघि एक-एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

विश्वकपमा राम्रो शुरुवात गर्न नसकेको श्रीलंकाले पहिलो खेल १० विकेटले न्युजिल्यान्डलाई सुम्पिएको थियो । पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । तर, श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १० : ३० बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा