‘रुसले भेनेजुएलामा अझै ठूलो सङ्ख्यामा सेना पठाउन सक्ने’ | Khabarhub Khabarhub

‘रुसले भेनेजुएलामा अझै ठूलो सङ्ख्यामा सेना पठाउन सक्ने’


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– भेनेजुएलाका उपविदेशमन्त्रीले रुसले आफ्नो मुलुकमा अझ ठूलो सङ्ख्यामा थप सैनिक पठाउन सक्ने जनाएका छन् । भेनेजुएलाका उपविदेशमन्त्री इभान गिलले भेनेजुएलालाई आवश्यक परेमा रुसले थप सङ्ख्यामा सैनिक पठाउन सक्ने बताएको रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।

इन्टरफ्याक्सका अनुसार उनले भेनेजुएला आएका रुसी सैनिक भेनेजुएलालाई आवश्यक परेको समयसम्म भेनेजुएलामै रहनसक्ने समेत जनाएका छन् । उनले रुस र भेनेजुएलाबीच रुसी सेना फिर्ता गर्नेबारे कुनै निश्चित समय नतोकिएकाले रुसी सेना आवश्यक परेको समयसम्म भेनेजुएलामै रहनसक्ने जनाएका हुन् ।

रुस र भेनेजुएलाबीचको सहमति र सैनिक–प्राविधिक सम्झौता अनुसार रुसी सेना भेनेजुएलामा रहेको समेत उनले स्पष्ट पारेका छन् ।
पछिल्लो समय राजनीतिक संकट चुलिँदै गएको अवस्थामा रुसले दुई साता अघि भेनेजुएलामा १ सयको सङ्ख्यामा सेना पठाएको थियो ।
अमेरिकाले भने रुसलाई भेनेजुएलाबाट सेना फिर्ता गर्न चेतावनी दिएको थियो ।

गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि त्यहाँ राजनीतिक तथा संवैधानिक संकट उत्कर्षमा छ । गुआइदोलाई अमेरिकासहितका पश्चिमा मुलुकले राष्ट्रपतिको मान्यता दिएका छन् भने रुस र चीनसहित अन्य मुलुकले हाल सत्तामा रहेका निकोलस मादुरोलाई नै मुलुकको औपचारिका राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ७ : १९ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता