बार चुनावको मतगणना सम्पन्न, केहीबेरमा परिणाम | Khabarhub Khabarhub

बार चुनावको मतगणना सम्पन्न, केहीबेरमा परिणाम


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणाम अनुसार प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ३६७७ ल्याएका छन् ।

निर्वाचन कमिटीले आधिकारिक घोषणा गर्न बाँकी रहे पनि चण्डेश्वर श्रेष्ठ निकट व्यवसायीहरुले भने जित भएको भन्दै खुशीयाली मनाउन थालेका छन । श्रेष्ठ नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका हुन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले पछिल्लो मत परिणाम अनुसार ३ हजार ५ सय ८३ मत ल्याएका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अघि छन् । त्यसैगरी प्रगतिशील समूहकै तर्फबाट कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल र महिला उपाध्यक्षमा रक्षा बस्याल पनि अगाडि छन् ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।

२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : ०५ बजे

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना