राजदूत ढकाल र चिनियाँ राजदूत हाउबिच शिष्टाचार भेटवार्ता | Khabarhub Khabarhub

राजदूत ढकाल र चिनियाँ राजदूत हाउबिच शिष्टाचार भेटवार्ता


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत कृष्णप्रसाद ढकालले कुटनीतिक नियोगमार्फत एसियाका प्रतिनिधिसँग भेटघाट र छलफल शुरु गरेका छन् ।

नेपालले जस्तै श्रमिक कामदारको रुपमा यूएईमा कामदार आपूर्ति गर्ने देश भारत, बङग्लादेश, श्रीलका र अन्य देशका एसियाका प्रमुखसँग राजदूत ढकालले छलफल गरिरहेका छन् ।

बुधबार राजदूत ढकालले र चिनियाँ राजदूत चाङ हाउसँग शिष्टाचार भेट गरेका छन् । आबुधाबीमा रहेको चिनियाँ दूतावासको कार्यालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल गरिएको दूतावासले जनाएको छ ।

दुई देशका राजदूतबिच भएका पछिल्लो छलफलमा नेपालको पर्यटन र आर्थिक विकासमा चीनले गर्दै आएको सहयोगका विषयमा कुराकानी भएको दूतवासले जनाएको छ ।

नेपालसँगै भारत, बङ्लादेशलगायत कामदार पठाउने देशका समस्याका मिल्दोजुल्दो भएकाले सवै मिलेर समाधान खोज्ने विषयमा राजदूत ढकाल छलफलमा जुटेको युएईस्थित नेपाली राजदूतवासले जानकारी दिएको छ ।

यी देशसँग समस्याका प्रकृति उस्तै हुने भएकाले साझा विषयमा छलफल र समाधानका उपायको खोजीमा राजदूत ढकालको कुटनीतिक भेटघाटमा केन्द्रित भएको छलफल गरेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ४ : ३५ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति