मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग भने– प्रदेशलाई बजेट कम भयो, कम्तिमा ३३ प्रतिशत चाहियो | Khabarhub Khabarhub

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग भने– प्रदेशलाई बजेट कम भयो, कम्तिमा ३३ प्रतिशत चाहियो


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग आगामी वर्षको वजेट, नीति तथा कार्यक्रमका बारेमा छलफल गरेका छन् ।

विहीवार विहान बालुवाटरमा भएको छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए ।

चालू आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तिमा पनि ३३ प्रतिशत पु¥याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले चालू आर्थिक वर्षको बजेट न्यून देखिएको भन्दै संघीय सरकारको आलोचना गर्दै आएका थिए ।

त्यसैगरी मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । अन्तर प्रदेश समन्वय परिषदले जारी गरेको २९ बूँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी बैशाख १२ र १३ गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्य मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले प्रदेश २ को बारा र पर्सामा आएको आँधि हुरी प्रभावित क्षेत्रको आवास निर्माणका लागि पनि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले आँधिहुरी पीडित पक्षको आवास निर्माणलगायतका राहतका विषयमा पनि प्रधानमन्त्री ओलीले आफूहरुसँग चासो र चिन्ता व्यक्त गरेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए ।

संघीय सरकारले आँधि हुरी प्रभावित क्षेत्रमा आवास निर्माणको काम गरिदिने घोषणा गरी सकेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १२ : ४३ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार