म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजनामा जुकरबर्ग | Khabarhub Khabarhub

म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजनामा जुकरबर्ग


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबूक कम्पनीका सीईओ मार्क जुकरबर्गले आफ्ना लोकप्रिय उत्पादनहरु ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजना बनाइरहेको खबर सार्वजनिक भएको छ ।

तीनवटै एप आ–आफ्नो विशेषताअनुसार अलग्गै रहनेछन् । तर, यी एपलाई एउटै प्लेटफर्ममा समेट्ने योजनामा जुकरबर्ग लागेका छन् ।

समाचारमा जनाइएअनुसार एउटा एपबाट अर्को एपमा म्यासेज गर्ने गरी ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्रामलाई इन्टिग्रेट गर्न लागिएको हो । यदि यस्तो फिचर प्रयोगमा ल्याइए तपाईं फेसबूक म्यासेन्टरबाट पनि ह्वाट्सएपका आफ्ना साथीहरुसँग च्याटिङ गर्न सक्नुहुनेछ ।

फेसबूक कम्पनीले यो योजनामा काम भइरहेको जनाए पनि यस्तो फिचर कहिलेदेखि प्रयोगमा आउनेछ भनेर खुलाएको छैन ।

अहिलेसम्म फेसबूक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्।

मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबूकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : २६ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्