क्यानडाले ३ वर्षमा १० लाख आप्रवासीलाई भित्र्याउँदै | Khabarhub Khabarhub

क्यानडाले ३ वर्षमा १० लाख आप्रवासीलाई भित्र्याउँदै


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडा धेरै नेपालीको सपनाको सहर पनि हो । तपाईं पनि क्यानडा जाने सोचिरहनु भएको छ भने खुसीको खबर छ ।

केही समय अघि मात्र क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ । क्यानडाले यसरी आप्रवासी भित्र्याउन थाले सँगै त्यहाँ प्रतिवर्ष १ प्रतिशत जनसंख्या थपिनेछ ।

सन् २०१८ मा मात्र पनि क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियोे । २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ ।

क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ । हालसम्म क्यानडाका कूल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको तथ्याङ्क छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ५५ बजे

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा