कछुवा आकारको औंठी लगाउँदा फाइदै-फाइदा | Khabarhub Khabarhub

कछुवा आकारको औंठी लगाउँदा फाइदै-फाइदा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कछुवाको आकारमा बनेको अ‍ैठी लगाउने चलन पछिल्लो समय बढेको छ । तर यस अंगुठीको विशेषता के हो, यसको प्रभाव कस्तो पर्छ र यसलाई धारण गर्दाको समयमा कस्तो सावधानि अपनाउँनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

किन लगाइन्छ कछुवा आकारको औंठी

कछुवा भगवान विष्णुको अवतारको स्वरुप मानिन्छ । जसको सहयोगबाट समुद्र मन्थनबाट देवी लक्ष्मी प्रकट हुनुभएको थियो । वास्तुशास्त्रमा पनि यसको महत्व निकै छ । मान्यताहरुका अनुसार यो औंठीको प्रभावबाट यसलाई लगाउने व्यक्तिको जीवनमा सुखद् बदलाव आउँछ ।

जीवनमा शीतलता एवं सौम्यता

जसको व्यवहार उग्र हुन्छ कछुवा आकारको औंठीले उनीहरुको व्यवहारलाई सन्तुलित गरेर शान्त बनाउन मदत गर्छ । ज्योतिषका अनुसार कछुवा पानीमा बस्ने जीव भएका कारण यसको सम्बन्ध माता लक्ष्मीसँग हुन्छ किनकी दुबैको उत्पत्ति जलबाट भएको हो । साथ है जलको गुण शीतलता हो । यसकारण यसले व्यक्तिको उग्रता कम गर्न सहयोग गर्छ । कछुवा गम्भीर र अन्तरमुखी जीव हो यसको प्रभाव व्यक्तित्वमा पर्न जान्छ ।

धारण गर्नेसमयमा के ध्यान दिने ?

कछुवाको आकार भएको औंठी सधै चाँदीमा लगाउन पर्छ । यदी कुनै अन्य धातुमा लगाइयो भने आफ्नो राशि अनुसारको रत्न जोडेर लगाउनु पर्छ ।

कता फर्काउने ?

औंठी कतातर्फ फर्काउने भन्ने विषयले पनि यसको प्रभावका असर गर्छ । औंठीमा कछुवाको मुख आफ्नो तर्फ फर्काउन जरुरी छ । यसले धन तपाईंतर्फ आकर्षित हुनेछ । यदी तपाईंले औंठी लगाउँदा कछुवाको मुख बाहिरतर्फ फर्किए धन एकत्रित गर्न र धन वृद्धिमा बाधा उत्पन्न हुन जान्छ ।

ध्यान दिनुस्

तपाईले यो औंठी लगाउनु भन्दा पहिला यसको पुजा गर्न जरुरी छ । यो औंठीको पीठमा श्री लेखाउनुपर्छ ।

यो हो लगाउने विधी

कुनै पनि पूर्णिमाको दिन यो औंठी घर ल्याएर गाईको दूध, दही, गंगाजल, मह तथा तुलसीको पत्रलाई मिलाएर पञ्चामृत बनाउने । अब भगवान विष्णु तथा माता लक्ष्मीको सामुन्ने गाईको घ्यूबाट दियो बालेर ‘ओम भगवते कुर्मायै ह्रीं नमः’ मन्त्रले एक माला जप गर्नुहोस् ।

सबैले हुन्न लगाउन

ज्योतिषका अनुसार कर्कट, वृश्चिक तथा मीन राशिवाला मानिसलाई कछुवा आकारको औंठी लगाउन बर्जित गरिएको छ । यसो गर्दा यी राशी भएकालाई शुभ फल प्राप्त हुँदैन ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २९ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ नेम्वाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक