३८ क्विन्टल सुन तस्करी प्रकरण– आरके ज्वेलर्सको सिलबन्दी हटाउन सर्वोच्चको परमादेश | Khabarhub Khabarhub

३८ क्विन्टल सुन तस्करी प्रकरण– आरके ज्वेलर्सको सिलबन्दी हटाउन सर्वोच्चको परमादेश


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा काठमाडौंको न्युरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाइएको सिलबन्दी हटाउन सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले आरके ज्वेलर्समा लगाइएको सिलबन्दी हटाउन सरकारका नाममा परामादेशको आदेश जारी गरेको हो ।

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको समितिले २८ चैत २०७५ मा न्युरोड र दरबारमार्गमो रहेको आरके ज्वेलर्समा सिलबन्दी गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मोहनराज अग्रवालको डिल्लीबजारस्थित घरमा छापा मारेपछि आरेके ज्वेलर्समा पनि छापा मारेको थियो ।

अग्रवालको घरबाट बरामद भएका कागजातबाट आरके ज्वेलर्सका सञ्चालक समेत सुन तस्करीमा संलग्न भएको प्रमाण भेटिएको भन्दै समितिले छापा मारी पसल सिलबन्दी गरेको थियो ।

गृह मन्त्रालयको समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई समेत पक्राउ गरेको थियो । पक्राउ परेका शाक्यलाई मोरङ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

पछि शाक्य जिल्ला अदालत मोरङको आदेशविरुद्ध उच्च हुँदै सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतमा दायर गरेको रिटमा शाक्यले सुन तस्करीको मुद्दा अदालतमा विचाराधीन रहेपनि आफूले व्यवसाय सञ्चालन गर्नु पाउनुपर्ने भन्दै पसलमा गरिएको सिलबन्दी हटाउनका लागि आवश्यक आदेश जारी गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : १६ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०