यात्रु लिएर मेलम्ची गइरहेको हेलम्बु यातायातको गाडीमा एक्कासी आगो लागेपछि ... | Khabarhub Khabarhub

यात्रु लिएर मेलम्ची गइरहेको हेलम्बु यातायातको गाडीमा एक्कासी आगो लागेपछि …


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ ।

काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको बा २ ख ५७६९ नम्बरको हेलम्बु यातायाता प्रालीको यात्रुबसमा आगलागी भएको हो ।

काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको उक्त बसमा बुधबार अपराह्न ४ बजेतिर आगलागी भएको थियो ।

मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थिति बाहुनेपाटी मेलम्ची सडकको ढकालखहरे सडक खण्डमा गुडिरहेको अवस्थामा गाडीमा आगोको मुस्लो निस्किएको थियो ।

गाडीको अगाडीको भागबाट एक्कासी आगोका लप्का निस्किएपछि गाडी रोकेर यात्रुहरुलाई बाहिर निकालिएको थियो । यात्रुहरु गाडीबाट ओर्लिएपछि बस चालक, सहचालक, यात्रु र ढकालखहरेका स्थानीयले गाडीमा लागेको आगो निभएका थिए ।

‘नजिकै पानीको व्यवस्था भएका कारण गाडीमा लागेको आगो तत्काल निभाउन सकियो’ प्रत्यक्षदर्शी सानुमैया नेपालले भनिन्,‘पानी नभएको ठाउँमा भने बस पूरै जल्थ्यो ।’

आगलागीका कारण गाडीको अगाडिको भाग जलेको छ । यात्रुहरुलाई समयमै उद्धार गरिएका कुनै मानवीय क्षति भने हुन पाएन ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी