डीएसपी कुमुद ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति | Khabarhub Khabarhub

डीएसपी कुमुद ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अदालतले नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेललाई पक्राउ गर्न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

चोरी तथा लुटपाटमा संलग्न व्यक्तिसँग संलग्न रहेर आपराधिक गतिविधि गरेको भन्दै प्रहरी प्रधान कार्यालयले यसअघि नै निलम्वन गरिसकेको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा गत चैत २६ गते काठमाडौंको रानीबारीमा भएको लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका विकास श्रेष्ठसँग डीएसपी ढुंगेलको फोन सम्पर्क भएको देखिएको थियो ।

प्रहरीसँगको बयानका क्रममा पक्राउ परेका श्रेष्ठले चोरी गरेको दिन आफूले डीएसपी ढुंगेलसँग भेटेको बताएका थिए ।

ढुंगेलले यसअघि पनि केही आपराधिक घटनाको अनुसन्धानलाई प्रभावित गर्न भूमिका खेलेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

कर्तव्य ज्यान, संगठीत अपराध लगायतको कसुरमा हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत डीएसपी ढुंगेलले पटक पटक सम्पर्क गरेका देखिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : २८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र