जापानले लिएको नर्सिङ केयर गिभर परीक्षामा सबै फेल, भाषा परीक्षामा एक जनामात्र पास | Khabarhub Khabarhub

जापानले लिएको नर्सिङ केयर गिभर परीक्षामा सबै फेल, भाषा परीक्षामा एक जनामात्र पास


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान सरकारले पहिलो चरणका लिएको नर्सिङ केयर गिभरको परीक्षामा सवै परीक्षार्थी असफल भएका छन् ।

रोजगारीका लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नर्सिङ केयर गिभरमा कोही जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा भने १ जना मात्र पास भएका छन् ।

भाषा परीक्षामा सहभासग हुन १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ । जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नर्सिङ केयर गिभर र भाषा परीक्षामा सामेल गराइएको थियो ।

पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छानिएकोमा ४ सय ९७ जनाले मात्र परीक्षा दिएका थिए । जसमा ५६ जना मात्र उतीर्ण भए । उतीर्ण भएकाहरुमध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परिक्षणमा १५ जना सहभागी भएको फाउन्डेसनले जानकारी दिएको छ ।

भाषा परीक्षामा सहभागिमध्ये १ जना मात्र पास भए भने सीप परीक्षामा कसैले पास गर्न नसकेको जापान फाउन्डेसनले जनाएको छ ।

सीप परीक्षामा सबै असफल भएपछि पहिलो चरणमा जापान रोजगारीका लागि कोही जान नपाउने भएका छन् ।

नेपाल र जापानको श्रम समझदारी अनुसार भाषा र सीप दुवैमा उत्रिण भएपछि मात्र जापान जान पाइने व्यवस्था छ । तर, सिप परिक्षणमा पहिलो चरणमा सहभागी भएका मध्ये १ जना पनि पास नभएपछि जापान जाने प्रक्रिया पहिलो चरण सकिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : २३ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११