कर बढाएका कारण धरानमा चुनाब हारेको नेकपाको निश्कर्ष, घटाउन ज्ञापन पत्र ! | Khabarhub Khabarhub

कर बढाएका कारण धरानमा चुनाब हारेको नेकपाको निश्कर्ष, घटाउन ज्ञापन पत्र !


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले कर पुनरावलोकन गर्न धरान उपमहानगरपालिकालाई आग्रह गरेको छ ।

आज बसेको नेकपाको धरान उपमहानगर कमिटीले करका दरहरु पुनरावलोकन गरी जनताले तिर्न सक्ने गरी कर समायोजन गर्न कर पुनरावलोकन आयोग गठन गरी समस्याको समाधानको माग गरेको छ ।

विगतमा उच्च मात्रामा करको दर बढाउँदा जनमानसमा नकरात्मक असर पर्न गई गएकोले उपचुनाव आफ्नो पक्षमा नआएको नेकपाको धरान महानगर कमिटीले निष्कर्ष निकालेको छ ।

यसअघि धरानमा नेकपाका उम्मेदवारले चुनाव जितका थिए र धरान उपमहानगरपालिकाले घरबहाल कर १२ प्रतिशत पुर्‍याएको थियो । अन्य कर पनि छिमेकी स्थानीय तहको तुलनामा धेरै बढी थियो । जसको विरोध स्थानीयले गरिरहेका थिए ।

नेकपा धरान कमिटीले कर पुनरावलोकन आयोग गठनको मागसहितको पत्र धरान उपमहानगरपालिकाको कार्यलयमा बुझाएको छ । जसमा भनिएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटिले निर्वाचनका सन्दर्भमा जनताका घरदैलोमा जांदा विभिन्न तहबाट लागु गरिएका करहरुप्रति जनताको व्यापक गुनासाहरु र असन्तुष्टिहरु पाईएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ कालागि लागु गरिएका करका दर पुनरावलोकन गर्न विज्ञ समिति गठन गरी तत्काल करका दरहरु घटाउने कार्य सुरु गर्न नेकपा धरान उपमहानगर कमिटी धरान कार्यपालिका सरकार संग माग गरिएको छ ।’

धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राईले विजयी भएका थिए । उनको मृत्यु भएपछि भएको उपनिर्वाचनमा वामको गढ मानिएको धरानमा कांग्रेसका उम्मेदवारले जीत हात पारेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : ४३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र