आफ्नै घरमा मृत भेटिए यी कोरियाली कलाकार | Khabarhub Khabarhub

आफ्नै घरमा मृत भेटिए यी कोरियाली कलाकार


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया – दक्षिण कोरियाका एक कलाकार मृत भेटिएका छन् । चा इन–हा नामक कलाकार सोलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

२७ वर्षीय चाले एक टेलिभिजन शृङ्खलामा अभिनय गरिरहेका थिए । पछिल्लो समय दक्षिण कोरियामा कलाकारको मृत्यु भइरहेको छ ।

गएको दुई महिनामा दक्षिण कोरियामा तीन कलाकारको मृत्यु भइसकेको छ ।

चा ले सन् २०१७ मा ‘यू, डीप इन्साइड अफ मी’ फिल्ममार्फत अभिनय यात्रा थालेका थिए । चाको संस्थाले एक विज्ञप्ति जारी गर्दै चा को मृत्युबाट संस्था शोकाकुल भएको बताएको छ ।

उनको मृत्यु के कारणले भयो भन्ने खुलेको छैन । यद्यपि दक्षिण कोरियामा आत्महत्या गर्ने कलाकार धेरै छन् ।

यसअघि अक्टोबरमा सुल्ली र नोभेम्बरमा गु हारा गरी दुई कलाकार आफ्नै घरमा मृत फेला परेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : २३ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार