सिरियामा इस्लामिक स्टेटविरुद्धको सैनिक कारवाही अन्तिम चरणमा | Khabarhub Khabarhub

सिरियामा इस्लामिक स्टेटविरुद्धको सैनिक कारवाही अन्तिम चरणमा


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले पूर्वी सिरियाको निकै सानो भूभागमा सिमित आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्धको कारवाहीलाई निरन्तरता दिइरहेका बेला इस्लामिक स्टेटले भने आक्रमणको प्रतिकार गर्न अत्मघाती कार बम आक्रमणलाई तीब्र बनाएको छ ।

सिरियाको कुर्दिस लडाकु समूह वाइपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफ लडाकु समूहले हाल पूर्वी सिरियाको डिएर एजजोर प्रान्तमा रहेको बाघुज शहर आसपास केही सय वर्गमिटरको भूभागमा मात्र सिमित इस्लामिक स्टेटविरुद्धको कारवाहीलाई निरन्तरता दिइरहेका छन् ।

एसडीएफले आइतबारसम्म इस्लामिक स्टेटविरुद्धको निर्णयक युद्ध जितिसक्ने जनाएपनि इस्लामिक स्टेटले आत्मघाती कार बम आक्रमणकाृ श्रृङ्खलालाई तीब्र बनाएपछि त्यो तत्काल संभव नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हाल बाघुज शहर आसपास इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा अधिकांश विदेशी गरी केहीसय लडाकु रहेको र उनीहरु मृत्युपरन्त युद्ध गर्न तयार रहेको एसडीएफको अनुमान छ ।

एसडीएफले अमेरिका नेतृत्वको इस्लामिक स्टेटविरुद्धको गठबन्धनको हवाई आक्रमणको सहयोगमा एसडीएफले बाघुज शहर आसपास इस्लामिक स्टेटविरुद्ध सैनिक कारवाही गरिरहेको छ । इस्लामिक स्टेट बाघुज शहरबाट पराजित भए यो पूर्वी सिरियामा इस्लामिक स्टेटको अन्तिम पराजय हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : ०० बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई