लिपस्टिकको प्रयोगबाट दिमागमा असर, बन्नसक्छ क्यान्सरको कारण | Khabarhub Khabarhub

लिपस्टिकको प्रयोगबाट दिमागमा असर, बन्नसक्छ क्यान्सरको कारण


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाले दैनिक प्रयोग गर्ने सौन्दर्य सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने कुन होला ? प्राय सबैको जवाफ हुन्छ, ‘लिपस्टिक’ । ओठलाई सुन्दर देखाउने ‘लिपस्टिक’ महिलाले घरमा बस्दा समेत प्रयोग गर्ने गर्छन् ।

अहिले त पुरुषले समेत लिपस्टिक प्रयोग गर्ने गरेका छन् । पुरुषले प्रयोग गर्ने लिपस्टिक समेत बजारमा किन्न पाइन्छ । सुन्दरतालाई महत्व दिएर हामीले प्रयोग गर्ने लिपस्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ?

आज हामी तपाईंलाई एक अध्ययनबाट पत्ता लागेको तथ्यबारे जानकारी दिँदै छौं । उक्त अध्ययनअनुसार लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको छ ।

लिपस्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । उक्त लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

केही समय अगाडि ‘गूड मर्निङ अमेरिका’ पत्रिकाले लिपस्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । उक्त अधययनमा पनि लिपस्टिकमा धेरै मात्रामा सीसा (लिड)को प्रयोग हुने गरेको फेला परेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।

साथै सीसाका कारण तपाईंको सोच्ने र सिक्ने क्षमतामा समेत ह्रास आउन सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लिपस्टिक प्रयोग गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस्, कतै सुन्दर बन्ने तपाईंको चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ४९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी