भारत र पकिस्तानबीचको तनावले विवाह नै रद्द ! | Khabarhub Khabarhub

भारत र पकिस्तानबीचको तनावले विवाह नै रद्द !


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र पाकिस्तानबीचको तनावले कुन कुन क्षेत्रमा प्रभाव पार्‍यो होला ? अहिले भारत पाकिस्तान तनावका कारण एउटा अचम्मको घटना घटेको छ ।

कुरा हो भारत राजस्थान राज्यको सीमावर्ती बार्मेर जिल्लास्थित ‘खेजादका पार’ गाउँको । भारत पाकिस्तान तनावका कारण गाउँका एकजना वासिन्दाको विवाह नै रोकिएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार खेजाद का पार गाउँमा बसोबास गर्दै आएका २३ वर्षीन्द्र सिंहले सीमापार पाकिस्तानको सिन्ध प्रान्तको अमरकोट जिल्लास्थित सिनोई गाउँकी चगन कँवरसँग विवाह बन्धनमा बाँधिन लागेका थिए । त्यसैको तयारीका लागि थार एक्सप्रेसको रेल चढेर महेन्द्र सिंह र उनका परिवारका ५ जना सीमा पार गरी शनिबार पाकिस्तान जानुपर्ने भयो ।

तर, त्यसैबीचमा पाकिस्तान र भारतबीचको तनाव उत्कर्षमा पुग्यो । अब आगामी मार्च ८ मा तय भएको विवाह बेहुला तथा बेहुली दुबै पक्षले रद्द गरेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार खासमा महेन्द्र र चगनको ‘सगाई’ भने तीन वर्ष अगाडी नै भइसकेको थियो । दुबै परिवारले विवाहको मिति आगामी मार्च ८ का लागि तय गरेको थियो । त्यसैका क्रममा महेन्द्र र उनका परिवारका ५ सदस्यले पाकिस्तान जानका लागि गत फेब्रुअरी १४ का दिन ९० दिने भिसा पाएका थिए । तर, दुर्भाग्य के भयो भने फेब्रुअरी १४ कै दिन भारत प्रशासित कश्मीरको पुलावामामा आत्मघाती आक्रमणमा ४० भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान गयो । त्यसपछि भारतले यसको बदलामा पाकिस्तानको बालाकोटमा आतंकवादीलाई निशाना बनाएर हवाई आक्रमण गर्यो, यसपछि दुबै मुलुकको सम्बन्ध खतरनाक स्तरमा पुग्यो । त्यसलगत्तै भारत र पाकिस्तानबीच एकले अर्काको लडाकु विमान खसालेको भन्ने होडबाजी चल्यो ।

पछिल्लो समय पाकिस्तानले भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेपछि भने दुई मुलुकको सम्बन्ध अझ बिग्रिन पाएको छैन ।

तर, त्यतिबेला महेन्द्रका परिवारले सीमापार बेहुलीको परिवारसँग दुबै मुलुकको सम्बन्ध राम्रो नभएकाले विवाह स्थगित गर्ने कुरा गरे । उता बेहुलीको परिवारलाई पनि त्यो प्रस्ताव ठिकै लाग्यो र महेन्द्रका परिवारले पाकिस्तान जानका लागि काटेको थार एक्सप्रेस रेलको टिकट क्यान्सल गरे ।

उनीहरुको विवाह महिनाअघि टुङ्गो लागेको थियो । विवाहका लागि निम्तो बाँड्ने तथा अरु सम्पूर्ण तयारी सकिसकेको थियो । तर, भारत र पाकिस्तानको सम्बन्धमा आएको तनावका कारण विवाह नै रद्द भयो ।

अब महेन्द्र र चगनको विवाह शान्तिपूर्ण समयमा गर्ने योजना रहेको महेन्द्रको परिवारले बताएको छ ।

भारत र पाकिस्तानमा राजपुत, खत्री, मेघवाल, सिन्धी लगायतका जातीमा सीमापार विवाह नियमित नै हुने गरेको बताइन्छ र सीमापार विवाहका लागि सीमापार चल्ने थार एक्सप्रेसको रेल बढी प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : १५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको