हिमपातको कहर– २ महिनादेखि सडक अवरुद्ध | Khabarhub Khabarhub

हिमपातको कहर– २ महिनादेखि सडक अवरुद्ध


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– पटक पटकको हिमपातले रोल्पा हुँदै दाङ जिल्लामा जोडिएको शहीद मार्ग विगत २ महिनादेखि अवरुद्ध भएको छ ।

शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि भूमे गाउँपालिका–२ काँक्रीदेखि दाङ घोराहीसम्मको सो मार्ग भएर चल्ने यातायातका साधन ठप्प छन् ।

हिमपातले ठाउँठाउँमा सडक अवरुद्ध गरेपछि शहीदमार्गको काँक्री–घोराही खण्डमा डेढमहीनादेखि यातायातका साधन चल्न सकेका छैनन् ।

पहिलो पटक हिमपात भएदेखि नै सो सडकमा यातायातका साधन चल्न नसकेको भूमेगाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । हिमपातले बाटो अवरुद्ध भएपछि विशेष गरी भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीले घोराही पुग्न रुकुम (पश्चिम) को बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

हिमपातले काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हुँदै शहीद मार्गबाट दाङको घोराही पुग्ने यात्रु रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट हुँदै राप्ती राजमार्गबाट दाङ पुग्न बाध्य छन् । यसरी यात्रा गर्दा बाटो लामो पर्ने र भाडा पनि महङ्गो पर्ने यात्रुले बताएका छन् ।

काँक्रीबाट शहीद मार्ग भएर जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने भए पनि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किमी दुरी पार गर्नुपर्ने बाध्यता रहेको यात्रु मङ्गलबहादुर कामीले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ५ : ०४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर