सकियो सलमानको प्रतीक्षित फिल्म ‘भारत’ को शूटिङ | Khabarhub Khabarhub

सकियो सलमानको प्रतीक्षित फिल्म ‘भारत’ को शूटिङ


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ को यतिबेला चौतर्फी चर्चा छ । यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षामा छन् ।

यतिबेला भने यो फिल्मको शूटिङ सकिएको छ । निर्माता अतुल अग्निहोत्रीले फिल्मको छायांकन सकिएको बताएका छन् । साथै उनले एक भिडियो पनि सार्वजनिक गरेका छन् ।

शूटिङ सकिएको औपचारिक घोषणासँगै फिल्मको नयाँ टिजर र गीत रिलिज हुने आशा गरिएको छ ।

अतुलले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा कटरिना कैफ, सुनील ग्रोबर लगायतलाई देख्न सकिन्छ ।

फिल्म पोस्ट प्रोडक्सनमा पुगिसकेको छ । फिल्मका निर्देशक अब्बास जफर र सलमान खानले यसअघि ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ मा एकसाथ काम गरिसकेका छन् ।

यो फिल्ममा सलमान खानले १८ वर्षदेखि ६० वर्षको वृद्धको भूमिका निभाउँदै छन् । फिल्म कोरियन फिल्म ‘अड टु माइ फादर’ को हिन्दी रिमेक हो ।

फिल्म इदको मौका पारेर सन् २०१९ मै रिलिज हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ११ : ५९ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन