खुकुरी बोकेर गाँजा फाँड्न निस्किए डिएसपी | Khabarhub Khabarhub

खुकुरी बोकेर गाँजा फाँड्न निस्किए डिएसपी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– प्रहरीले विभिन्न समयमा देशव्यापी रुपमै लागू औषध नियन्त्रण गर्ने भनेर गाँजा फडानी गर्ने अभियान चलाउने गरेको छ ।

लागू औषधको प्रयोगलाई निरुत्साहित पार्ने भनेर प्रहरीले विभिन्न समयमा यस्तो अभियान चलाउँदै आएको छ । प्रहरीले बारीमै पुगेर गाँजा फडानी गर्ने गरे पनि स्थानीय जनताले भने गाँजा खेती गर्न छाडेका छैनन् ।

यस्तै, अभियान भोजपुर प्रहरीले पनि सञ्चालन गरेको छ । भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगर नै गाँजा फडानी गर्न बारीमा निस्किएका छन् ।

भोजपुर प्रहरीले सार्वजनिक गरेको तस्वीरमा डिएसपी मगर खुकुरी बोकेर गाँजाको बारीमा देखिन्छन् ।

भोजपुर प्रहरीका अनुसार उक्त अभियानका दौरान जिल्लाको हतुवागढी गाउँपालिका–९ अन्तर्गतको विभिन्न ठाउँमा गरी १२ हजार ५ सय बोटको संख्यामा गाँजा नष्ट गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ५७ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा