पाकिस्तानले चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न सकेन– अमेरिका | Khabarhub Khabarhub

पाकिस्तानले चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न सकेन– अमेरिका


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेश विभागको तर्फबाट जारी एक रिपोर्टमा पाकिस्तान लश्कर–ए–तैयबा र जैश– ए– मोहम्मद जस्ता चरपन्थी संगठनको आर्थिक स्रोत रोक्न विफल रहेको जनाइएको छ ।

अमेरिकी विदेश विभागले संसदको प्रस्तावमा २०१८ का लागि तयार गरेको चरपन्थी क्रियाकलापमा आधारित वार्षिक रिपोर्टमा पाकिस्तान चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न विफल रहेको उल्लेख गरिएको हो ।

यसअघि चरपन्थीलाई प्राप्त हुने वित्तिय सहयोगको निगरानी गर्ने एजेन्सी फाइनेन्सियल एक्शन टास्क फोर्सले पनि ठोस कारवाही गर्नका लागि पाकिस्तानलाई चार महिनाको समय दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष वैश्विक आतंकवादमा माथि आफ्नो रिपोर्ट पेश गर्ने गरेको छ ।

यसमा विश्वभरमा घटेको चरम्पन्थी घटनाबारे उल्लखे हुने गरेको छ । यसका साथै कुन देश के गर्दै छ त्यसबारेमा पनि उल्लेख गरिएको हुन्छ ।

यस रिपोर्टको आधारमा अमेरिकी संसदले यी देशलाई दिँदैआएको आर्थिक सहयोग बारे फैसला लिने गर्छ ।

रिपोर्टका अनुसार पाकिस्तानले दुई कुरा गरेको छ । एक त पाकिस्तानले आफ्नो जमिन माथि चलिरहेको चरपन्थी गुटका विरुद्धमा कारवाही गर्न असफल देखियो भने अर्को पाकिस्तानमा चरपन्थी संगठनका लागि खुले आम धन जुटाउने काम हुन्छ । त्यसलाई रोक्नका लागि पाकिस्तान सरकारले कुनै कदम उठाएको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र