हलोविनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँच जना मारिए | Khabarhub Khabarhub

हलोविनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँच जना मारिए


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन फ्रान्सिस्कोस्थित एक हेलोविन पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु भएको छ ।

ओरिन्डा बजारमा रहेको एक घरमा आयोजित पार्टीमा अन्धाधुन्ध गोली चलेको हो । गोली चल्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हलोविनको अवसर पारेर गत शुक्रबार सो पार्टीको आयोजना गरिएको थियो । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

पार्टी चलिरहेकै क्रममा अन्धाधुन्ध गोली चलेको थियो । पार्टी आयोजकले स्वीकृति विना नै सो कार्यक्रमको आयोजना गरेको थियो ।

पाँच जनाको मृत्यु भएको घटनासँगै अमेरिकाको पर्यटनसँग सम्बन्धित अनलाइन बजार एयर बी एण्ड बीले स्वीकृतिबिना अब यस्ता पार्टी आयोजना नगर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री