‘न्यू इयर’मा इलेक्ट्रिकसहित नयाँ ४ वटा कार नेपाल भित्र्याइँदै, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

‘न्यू इयर’मा इलेक्ट्रिकसहित नयाँ ४ वटा कार नेपाल भित्र्याइँदै, यस्ता छन् विशेषता


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अंग्रेजी नयाँ वर्षको अवसर पारेर विभिन्न गाडी विक्रेता कम्पनीहरुले विभिन्न ब्राण्डका नयाँ चार कार नेपाल भित्र्याउने भएका छन् ।

कम्पनीहरुले नयाँ मोडलका रेनो, टाटा, हुन्डाई र किया ब्राण्डका ४ नयाँ मोडल जनवरी २०२० मा नेपाली बजारमा भित्र्याउन लागेका हुन् ।

रेनोले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको ट्राइबरलाई नेपाली बजारमा ल्याउन लागेको हो । टाटाले पहिलो इलेक्ट्रीक कारको रुपमा टिगोर इभीको बिक्री सुरु गर्ने छ । त्यसैगरी हुन्डाईले आफ्नो चर्चित ह्याचव्याक ग्रान्ड आई १० को नियोस मोडल नेपाली बजारमा भित्र्याउने छ । भने भारत मेड कियाको पहिलो एसयूभी सेल्टोस नेपाल ल्याइने छ ।

कम्पनीले सेल्टोस एसयूभीको बुकिङ्ग नाडा अटो शो २०१९ बाटै लिन सुरु गरेको थियो ।

ट्राइबर

फ्रान्सेली अटोमोबाइल्स कम्पनी रेनोको ट्राइबर नाडा अटो शोमा प्रदर्शनी भएको थियो । रेनोको आधिकारीक वितरक एड्भान्स अटो मोवाइलले ट्राइबर नेपाली बजारमा अबको केही समयपछि बिक्री सुरु गर्ने जनाएको छ ।

पाँच सिटर अप्सनमा उपलब्ध हुने ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९० बीएच पावरका साथै ११० एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।
एड्भान्स अटोमोवाइल्सले यसको मूल्य निर्धारण गर्न बाँकी रहेको जनाएको छ ।

किया सेल्टोस

किया मोटर्सका आधिकारीक बितरक इन्टर कन्टीनेन्टल ट्रेडिङले सेल्टोसलाई डिसेम्बर अन्त्यसम्मा नेपाली बजारमा ल्याउने जनाएको छ ।

कम्पनीले सेल्टोसको बुकिंङ नाडा अटो शो २०१९ बाटै सुरु गरेको थियो । भारतमा निर्माण भएको किया सेल्टोसको सुरुवाति मूल्य ४३ लाख ९० हजार निर्धारण गरेर बुकिङ लिइएको थियो । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन लगाइएको एसयूभी हो ।

सेल्टोसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोड जस्ता विशेषता रहेका छन् । यस एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुने छ ।

टिगोर इभी

टाटा मोटर्सको पहिलो इलेक्ट्रिक कार नेपाल आउने भएको छ । नेपाली बजारमा टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त इलेक्ट्रीक कार ’टिगोर इभी’ नेपाल ल्याउने भएको हो ।

कम्पनीका अनुसार आगामी जनवरीबाट यसको नेपालमा बिक्री सुरु हुनेछ । टिगोर इभीलाई भारतमा एक्सई प्लस, एक्सएम प्लस र एक्सटी प्लस गरी ३ भेरियन्टमा उपलब्ध गराएको छ ।

नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने विषयमा केही खुलाइएको छैन । यसको भारतमा सुरुवाति मूल्य ९ लाख ४४ हजार रुपैयाँदेखि १३ लाख ९ हजार भारुसम्म तोकिएको छ ।

भारतीय बजारमा बिक्री हुने सुरुवाति मूल्यको कारको मूल्य २२ लाखदेखि टप स्पेकको नेपाली बजारमा ३० लाख रुपैयाँ हारहारीमा पर्ने अनुमान गरिएको छ ।

टिगोर इभीले एक पटकको फूल चार्जमा २ सय १३ किलोमिटरसम्म चल्न सक्छ । यसमा २१.५ केडब्लुएच ब्याट्री प्याक दिइएको छ । नयाँ कारमा ७२ भी–३ फेस एसी इन्डक्सन मोटर छ । जसले ४५०० आरपीएममा ३० केडब्लू पावर र २५०० आरपीएममा १०५ एनएम टर्क उत्पादन गर्छ । यो कारमा दुई ड्राइभिङ मोड रहेको छ ।

टिगोर इभीको ग्रिलमा दिइएको सिग्नेचर इभी डिकेलले कारलाई आकर्षक बनाएको छ भने रि–डिजाइन गरिएको अलोय ह्वील, सर्क फिन एन्टेना, एलइडी स्टप ल्याम्प र व्ल्याक ग्रे कलरको ड्यासबोर्डले कारलाई निकै उत्कृष्ट बनाइएको छ । कम्पनीले टिगोर इभी विभिन्न तीन कलर अप्सनमा बजारमा ल्याएको छ । जसमा ह्वाइट, व्ल्यू र सिल्भर रहेका छन् ।

ग्रान्ड आई १० नियोस

भारतमा गत अगस्ट २० तारिखमा सार्वजनिक भएको हुन्डाई ग्रान्ड आई १० नियोस आगामी जनवरी २०२० सम्ममा नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।

कम्पनीले आफ्नो आफ्नो चर्चित ह्याचव्याक कार ग्रान्ड आई १० को पछाडि नियोस थप गरेर ल्याएको उक्त कार नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले नेपाल ल्याउने छ ।

कम्पनीले ग्रान्ड आई–१० नियोसमा नयाँ प्रदुषण मापदण्ड अनुसारको १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएच पावर उत्पादन गर्छ भने ५ स्पीड म्यानुअलको साथै अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

साथै, कम्पनीले यसलाई १.२ लिटर सिआरडीआई डिजेल इन्जिनमा समेत ल्याएको भएपनि नेपालमा डिजेल भेरियन्ट आउने वा नआउने विषयमा कुनै जानकारी दिएको छैन ।

कारमा हुन्डाई भेन्यूको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट उपलब्ध रहेको छ । ग्रान्ड आई–१० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । यसमा रि–डिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जडान गरिएको छ ।

स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ४५ बजे

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र