फ्रान्समा चक्कु प्रहारबाट चार प्रहरीको मृत्यु | Khabarhub Khabarhub

फ्रान्समा चक्कु प्रहारबाट चार प्रहरीको मृत्यु


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा चार प्रहरी अधिकारीको मृत्यु भएको छ ।

यस्तै नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको छ ।

आक्रमणपछि पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई सुरक्षा घेराबन्दी गरिएको छ । स्थानीय समय अनुसार दिउँसो करिब १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो ।

यस्तै घटनालाई पेरिसका नगरप्रमुखले ट्वीटरमार्फत पुष्टि गरेका छन् । फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री पनि घटनास्थलमा पुगेको प्रहरीले बताएको छ ।

पछिल्ला बर्षहरूमा फ्रान्समा कार्यस्थलमा सिर्जना हुने घातक आक्रमणका घटना बढेका अनुसन्धानकर्ताहरूले बताएका छन् । बिहीबारको आक्रमणमा प्रहरी मुख्यालयमा प्रशासनिक एकाइमा काम गर्ने एक कर्मचारीले चक्कू प्रहार गरेको प्रारम्भिक सूचनामा स्थानीय प्रशासनले जनाएको छ ।

यसबारे अनुसन्धान भइरहेको र थप विवरणपछि आउने प्रशासनले बताएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : १० बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी