अनिशले जिते 'लिगलिगे राजा'को उपाधि | Khabarhub Khabarhub

अनिशले जिते ‘लिगलिगे राजा’को उपाधि


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– यस वर्षको लिगलिगे दौडको उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् ।

दशौँ लिगलिगे दौडको उपाधि जितेका अनिशको यो चौथो उपाधि हो । भारती सेनामा कार्यरत उनले यसअघि २०७१, २०७३ र २०७५ मा पनि उपाधि जितेका थिए ।

इतिहासमा हरेक वर्षको विजयादशमीको दिन लिगलिगकोटमा दौड प्रतियोगितामार्फत राजा छान्ने परम्पराको सम्झना गर्दै लिगलिगे दौड हुने गरेको छ । मर्स्याङ्दी र चेपे नदीको दोभान चेपेघाटबाट लिगलिगसम्मको १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेन्डमा पार गरेर थापा मगर प्रथम भएका हुन्।

उनले नगद ६० हजार एक सय, श्रीपेच, पगरी, ट्रफी, प्रमाणपत्र पुरस्कार पाएका छन् । ‘लिगलिगे राजा’ बनेका अनिशलाई राष्ट्रियसभाका सदस्य सुरेन्द्रराज पाण्डेले श्रीपेज लगाउँदै पुरस्कार हस्तान्तरण गरे ।

यस्तै नेपाली सेनाका खगेन्द्रबहादुर भाट द्वितीय र रामजी बस्नेत तृतीय भए। १३.८ किमि दूरी भाटले १ घण्टा १ मिनेट ८ सेकेन्डमा पार गरेका थिए भने बस्नेतले १ घण्टा १ मिनेट ३४ सेकेन्ड लगाए । द्वितीय हुने भाटले ३५ हजार एक सय र तृतीय बस्नेतले २५ हजार एक सय नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

प्रथम भएकाअनिशलाई एक रात लिगलिगे राजाको रुपमा राख्ने चलन छ । प्रतियोगिता सकिएपछि राजालाई मोटरमा राखेर नगर परिक्रमा गराइन्छ । यस वर्षदेखि लिगलिकोट राजदूतको ब्याचसमेत उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ६ : ५२ बजे

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र