ओली–प्रचण्डको सम्बन्ध सोले फिल्मका जय र बिरु जस्तै–प्रभु साह | Khabarhub Khabarhub

ओली–प्रचण्डको सम्बन्ध सोले फिल्मका जय र बिरु जस्तै–प्रभु साह


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध हिन्दी चलचित्रका शोले को जय र वीरु जस्तो रहेको जीकिर गरेका छन् ।

विहिबार दशै, तिहार र छठको अवसरका रौतहटको देवाही गोनाही नगरपालिका -६, कर्कचमा नेकपा नगर कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले दुई अध्यक्षको एकता मुकुलको आवशक्ता , देशको समृद्धि र कम्युनिष्ट आन्दोलनलाई सफल बनाउनका लागि भएको बताए ।

बलिवूड चलचित्र शोलेको चर्चा गर्दै अध्यक्ष साहले भने, “तपाइँहरुले शोले फिल्म हेर्नुभएकै होला । आतंकको रुपमा रहेको गब्बर सिंहलाई परास्त गर्न जय र विरुले मिलेर लड्नुपरेको हुन्छ । सायद एक्लै भएको भए माहोल अर्कै हुन्थ्यो । त्यस्तै मुलुकलाई अग्रगमनतर्फ अगाडि बढाउन दुई वामपन्थी कमाण्डर मिलेका हुन । जय विरु जस्तै हाम्रा पार्टीका अध्यक्षद्वय समाजलाई उत्पीडन, पछौटेपनबाट छुटकारा दिलाउन मिलेर लडिरहेका छन् ।”

असत्यमाथि सत्यको विजयको खुसियालीको रुपमा दशै मनाइरहँदा समाजबाट गलत प्रवृत्ति र बेथिति अन्त्य गर्न सबै जना अग्रसर हुन सांसद साहको आग्रह थियो । ग्रामीण बिकासका लागि जनता स्वयं सक्रिय भएर सरकारसंग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउदै सांसद साहले स्वाभिमान र सम्मानसहितको समाज निर्माणमा लाग्न बताए ।

कार्यक्रममा विकास निर्माणलगायतको विषयमा सांसद साह र स्थानीयबीच अन्तरक्रिया भएको थियो । सो अवसरमा संघीय सांसद समिना हुसेन, प्रदेश सभा सदस्य कुन्दन कुश्वाहालगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १ : ०२ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको