एकै परिवारका चार जनासहित खाल्डोमा ५ जनाको शव भेटियो | Khabarhub Khabarhub

एकै परिवारका चार जनासहित खाल्डोमा ५ जनाको शव भेटियो


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो खाल्डोमा पाँच जनाको शव भेटिएको छ ।

बुधबार राति ती शव फेला परेका हुन् । घटनामा मृत्यु हुनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन रहेका छन् भने अर्का एक  भारतीय नागरिक रहको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण नखुले पनि बिजुली चोरेर प्रयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

शव परीक्षण गरेपछि मात्र उनीहरुको मृत्युको कारण खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शव भेटिएको घरमा पहिले मदिरा भट्टी सञ्चालन हुने गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ४० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र