महिला संघ डडेल्धुराकी अध्यक्षलाई हटाउने निर्णय फिर्ता लिन नेता कोइरालाको आग्रह | Khabarhub Khabarhub

महिला संघ डडेल्धुराकी अध्यक्षलाई हटाउने निर्णय फिर्ता लिन नेता कोइरालाको आग्रह


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले महिला संघ डडेल्धुराकी सभापतिलाई विनाकारण हटाउने निर्णय तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय समिती बैठकमा बोल्दै डा कोईरालाले स्पस्टीकरण समेत नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाएर पार्टी भित्र गलत नजिर बसाउन खोजेको बताए ।

‘केन्द्रीय अधिवेशन गर्न नसक्ने कतिजना सभापतीहरु छन् ? त्यसो भए तिनलाई चाहिँ किन नहटाएको ?’ डा कोईरालाले भने– ‘सभापतिज्यू तुरुन्तै महिला संघकी केन्द्रीय अध्यक्षलाई डडेल्धुरा अध्यक्ष माथिको कारबाही फुकुवा गर्न आदेश दिनोस्।’

डडेल्धुरा महिला संघको घटनाले देशभरका कार्यकर्तामा निरासा छाएको बताउँदै डा कोईरालाले विधि, विधान र पद्दतिबाट पार्टी नेतृत्व नहिंडेकै कारण पार्टी कमजोर हुँदै गएको बताए।

विनाकारण डडेल्धुरा महिला संघकी अध्यक्षलाई हटाउने निर्णय कुनै पनि हालतमा मान्न नसकिने जिकिर पनि डा कोइरालाले गरे।

महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले विनाकारण डडेल्धुराकी अध्यक्ष कमला बिष्टलाई साधारण सदस्य पनि नरहने गरी हटाएकी थिइन्।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : २० बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको