आयो साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

आयो साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ ट्रेलर (भिडियो)


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । हलमा केही दिनअघिदेखि नै प्रसारण भएको यो ट्रेलर युट्युबमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका देख्न सकिन्छ । ट्रेलर अनुसार साम्राज्ञीले गाउँमै केही गर्न सकिन्छ भन्दै युवालाई चेतना जगाउन खोजेको देखाइएको छ भने अकिंतले गाउँमा भएका युवालाई फ्री भिसा फ्री टिकट भन्दै विदेश पठाएको देखाइएको छ ।

दशैँको रौनक झल्किने फिल्मको ट्रेलरमा बुद्धि तामाङ, बसुन्धरा भुसाल, नीता ढुंगाना, रविन्द्र झा, लक्ष्मी गिरी, अरुणा कार्की लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

फिल्ममा अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ भने किरण शर्मा र कृति शर्माको लगानी रहेको छ ।

यस्तै चलचित्रमा मित्र डी गुरुङको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । यस्तै फिल्ममा खुश्बु खड्का, कमला रेग्मी, जयनन्द लामा, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ३ : ०५ बजे

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो