साहो रिलिज हुने वित्तिकै बाहुबली स्टार प्रभासले विवाह गर्ने | Khabarhub Khabarhub

साहो रिलिज हुने वित्तिकै बाहुबली स्टार प्रभासले विवाह गर्ने


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली स्टार प्रभासको विवाहलाई लिएर लामो समयदेखि चर्चा हुने गरेको छ । प्रभास यो समय तेलुगू फिल्म उद्योगका अविवाहित अभिनेता हुन् जसको चर्चा युवतीमाझ निकै छ ।

प्रभासको नाम बाहुबलीकी को स्टार अनुष्का शेट्टीसँग जोडिने गरेको छ । तर उनीहरुले सम्बन्धलाई अस्वीकार गर्दै आएका छन् । अब नयाँ समाचार आएको छ कि प्रभासको परिवार उनको फिल्म साहो रिलिज भएपछि विवाह गरिदिने तयारीमा जुटेका छन् ।

भारतीय अनलाईनहरुका अनुसार उनको परिवारले अमेरिकामा व्यापार गर्दै आएका एक व्यापारीकी छोरीसँग विवाह गराउने तयारी गरेका छन् तर यसको पुष्टि भने भइनसकेको समाचारहरुमा जनाइएको छ ।

प्रभासका काका कृष्णम राजूले गत वर्ष प्रभासले यो वर्ष विवाह गर्ने मिडियाहरुमा बताएका थिए । प्रभासका काकाले परिवारको इच्छाको बारेमा बताएका थिए तर प्रभासले भने विवाह नीजि मामला भएको बताएका थिए ।

एक भारतीय अनलाइनमा प्रभासकी बहिनीले अन्तर्वार्ताका क्रममा आफूहरु दाइको विहेको प्रतिक्षमा रहेको बताएकी थिइन् । दाइले लामो समय आफूहलाई नकुराउने उनले बताएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ६ : ५० बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव