पाकिस्तानमा विमानस्थलभित्रै गोली चल्यो, २ जना मारिए | Khabarhub Khabarhub

पाकिस्तानमा विमानस्थलभित्रै गोली चल्यो, २ जना मारिए


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानको लाहौर शहरस्थित अलामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा २ जनाको ज्यान गएको छ । बुधबार विमानस्थलको मुख्य टर्मिनल अगाडि दुई बन्दुकधारीले गोली चलाउँदा अर्का एक जना घाइते भएका छन् ।

साउदी अरबमा इस्लामिक तीर्थ पूरा गरी फर्केका मानिसलाई लक्षित गरी गोली प्रहार भएको जनाइएको छ । व्यक्तिगत झगडाका कारण गोली चलेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेको थियो ।

बन्दुकधारीले अन्तर्राष्ट्रिय विमानस्थलभित्र कसरी बन्दुक लैजान सफल भए भन्नेबारे अनुसन्धान अघि बढाइएको त्यहाँका वरिष्ठ प्रहरी अधिकारी सफ्दर राजा काजीले जनाएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर