नक्कली बैंक ग्यारेन्टी बनाएर १ करोड १० लाख भुक्तानी लिने ३ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली बैंक ग्यारेन्टी बनाएर १ करोड १० लाख भुक्तानी लिने ३ जना पक्राउ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकबाट किर्ते अग्रिम भुक्तिानी (बैंक ग्यारेन्टी) बनाएर सडक आयोजनाको १ करोड १० लाखभन्दा बढी भुक्तानी लिने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृषि विकास बैंकको काठमाडौं कलंकीस्थित शाखाका शाखा अधिकृत छबिलाल ढकाल पनि छन् ।

ठेकेदार कम्पनी एम/एस–एमके–वाईपी जेभी बबरमहलका प्रतिनिधि र कृषि विकास बैंकका शाखा अधिकृत ढकालको मिलेमतोमा ५५ लाख ५० हजार रुपैयाँ नक्कली अग्रिम भुक्तानी जमानत (एपीजी) बनाएर सडक आयोजनाको १ करोड १० लाख ८० हजार रुपैयाँ भुक्तानी लिएका थिए ।

३ असार २०७३ मा साविकको जिल्ला प्राविधिक कार्यालय भोजपुर र ठेकेदार कम्पनी एम/एस–एमके–वाईपी जेभीबीच भोजपुर–टक्सार–कोट–गोगने–लेकखर्क सडक स्तरोन्नतिका लागि १२ करोड ५५ लाख ९७ हजार सय ७५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार कम्पनी, जिल्ला प्राविधिक कार्यालयका कर्मचारी र कृषि विकास बैंकका अधिकृतको मिलेमतोमा नक्कली बैंक ग्यारेन्टी बनाएर ठेक्का सम्झौताअन्तर्गतको पहिलो र दोस्रो किस्ता गरी १ करोड १० लाख ८० हजार रुपैयाँ भुक्तानी लिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ढकालसहित ३ जनालाई पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा कृषि विकास बैंकका अधिकृत ढकालका अतिरिक्त ठेकेदार कम्पनी एम/एस–एमके–वाईपी जेभी बबरमहलका प्रतिनिधि धनकुटाको उर्खाउली जितपुर घर भएका रणधिर तुम्बा र बाजुराको गोत्री घर भएका नयाँ देवजंग शाही छन् ।

सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । अख्तियारले साविकको भोजपुर जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवाका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल, एमके जेभीका प्रतिनिधि रणधीर तुम्बा र देवजंग शाही, वाईपी कन्स्ट्रक्सनका राजु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : ३७ बजे

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४