सडक विस्तार आयोजनामा करोडौंको भ्रष्टाचार, कर्मचारीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

सडक विस्तार आयोजनामा करोडौंको भ्रष्टाचार, कर्मचारीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भोजपुरबाट टक्सार, कोट र गगने हुँदै लेकखर्क जोड्ने सडकमा करोडौं रुपैयाँको आर्थिक अनियमितता भएको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट उक्त सडक विस्तारमा १ करोड १० लाख ८० हजारको भ्रष्टाचार भएको फेला परेको हो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय भोजपुरले उन्नति कार्यक्रमअन्तर्गत शुरु गरेको सडक परियोजनामा प्राविधिक कार्यालयकै तत्कालीन प्रमुखसहितका कर्मचारीको संलग्नतामा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

उक्त सडक परियोजनाको ठेक्का सम्झौता गर्दा ठेकेदार कम्पनी एमके निर्माण प्रालि र वाइपी कन्सट्रक्सनका नाममा नक्कली धितो देखाइ भुक्तानी दिइएको देखिएको हो ।

कृषि विकास बैंकको मुख्य शाखा कार्यालय काठमाडौंको रत्नर्पार्कका तत्कालीन शाखा अधिकृत छविलाल ढकाल समेतको मिलेमतोमा नक्कली धितोमा बैंक ग्यारेन्टी देखाएर रकम चलाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दहाल, कृषि विकास बैंकको रत्नपार्क शाखाका तत्कालीन शाखा अधिकृत छविलाल ढकालविरुद्ध १ करोड १० लाख ८० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै एमके निर्माण प्रालिका प्रवन्ध निर्देशक माधवप्रसाद खनाल र वाइपी कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक राजु श्रेष्ठविरुद्ध पनि अख्तियारले १ करोड १० लाख ८० हजार बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले एमके वाइपी जेभीका आधिकारिक प्रतिनिधि रणधिर तुम्बाविरुद्ध ५५ लाख ३० हजार र देवजंग शाहीविरुद्ध ५ लाख ५५ हजार रुपैयाँ बिगो दाबी तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ३६ बजे

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य