काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना | Khabarhub Khabarhub

काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको पर्यटकीयस्थल ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो ।

पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सेवा केन्द्रमा पर्यटकहरुलाई सूचना दिने गरी हट लाईन सेवा र अनलाईन सेवाको पनि बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गर्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिहरुले सहज बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्न लागि आवश्यक सूचना केन्द्रहरुको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताए । उनले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गरेका छन् ।

सूचना केन्द्रमा पर्यटकहरुको लागि आवश्यक सूचना लिन निःशुल्क रुपमा ११४४ नम्बरको हटलाईन सेवाको पनि व्यवस्था गरिएको पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : २६ बजे

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार