मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया सफल | Khabarhub Khabarhub

मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया सफल


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल भएको छ । बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको शल्यक्रिया गरेको हो ।

मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । उनका अहिले मुख्यमन्त्री पौडेलको अवस्था सामान्य रहेको छ । चिकित्सकको सल्लाहअनुसार एक साता आराम गर्नुपर्ने उनले जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले केही समयपहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै चीन भ्रमणमा जाँदा गरिएको स्वास्थ्य जाँचमा मुटुमा समस्या देखिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : १७ बजे

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा