पाकिस्तानको उत्कृष्ट कमब्याक, इंग्ल्याण्डसामु ३ सय ४९ रनको लक्ष्य | Khabarhub Khabarhub

पाकिस्तानको उत्कृष्ट कमब्याक, इंग्ल्याण्डसामु ३ सय ४९ रनको लक्ष्य


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई ३ सय ४९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । नोटिनघामस्थित ट्रेन्ट ब्रिजमा भइरहेको खेलको पहिलो इनिङ्समा पाकिस्तानले निर्धारीत ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको हो ।

घरेलु टोलीविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट शुरुवात गर्दै आफ्नो लय पूरा खेलभरी कायम राख्दा इंग्ल्याण्डविरुद्ध ठूलो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । इंग्ल्याण्डका बलरमाथि हावी भएका पाकिस्तान बलरहरुले सम्मानित रन बनाउने क्रममा पाकिस्तानका ३ जना ब्याट्सम्यानले अर्धशतक बनाए ।

यसअघि पहिलो खेलमा पाकिस्तानी ब्याट्सम्यानको कमजोर प्रदर्शनकै कारण १०५ रनमा समेटिएको थियो भने इंग्ल्याण्डविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट कमब्याक गरेका छन् ।

पाकिस्तानका लागि मोहम्मद हफेजले ८४ रनको इनिङ्स खेले । उनले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, बाबर अजामले ६३ रन बनाए । उनले ६६ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे भने कप्तान सरफराज अहमदले ४४ बलमा ६ चौका प्रहार गर्दै ५५ रन बनाए । यस्तै, इमाम यल हकले ४४ रन, फकर जमानले ३६ रन र आसिफ अलिले १४ रन बनाए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको इंग्ल्याण्डका मोइन अलि र क्रेस वार्केसले समान तीनतीन विकेट लिए भने मार्क उड दुई विकेट लिए । घरेलु टोलीले पहिलो बलिङ रोजे पनि बलरहरुले लय समात्न नसक्दा पाकिस्तानी बलरलाई रोक्न सकेन् । यसअघि पहिलो खेलमा पाकिस्तान वेष्ट इन्डिजसँग पराजित भएको थियो भने इंग्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर