सोलुखुम्बु प्रहरी चौकीमा आक्रमणको समाचार षड्यन्त्रपूर्ण र प्रचारबाजीः विप्लव | Khabarhub Khabarhub

सोलुखुम्बु प्रहरी चौकीमा आक्रमणको समाचार षड्यन्त्रपूर्ण र प्रचारबाजीः विप्लव


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ– ‘पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यस प्रकारको समाचार (फेक न्यूज) ल्याएको स्पष्ट पार्न चाहान्छौं ।’

पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : १६ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्