ज्ञानेन्द्र शाहीबारे प्रहरीले यसो भन्यो | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीबारे प्रहरीले यसो भन्यो


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत — जुम्लाका ज्ञानेन्द्र शाहीका विषयमा केही दिन यता सामाजिक सञ्जाल, यूट्यूव च्यानलमा निकै चर्चा चलिरहेको छ ।

एक कार्यक्रमस्थलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिनेक्रममा शाहीका समर्थकले नारावाजी र हुलहुज्जत गरेको भीडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको थियो । शाहीलाई प्रहरीले पक्राउ गरेर यातना दिएको भन्दै मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोश पोखिरहेका छन् ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीले आफूले बोलाएको पत्रकारसम्मेलनमा पत्रकार उपस्थित नभएको भन्दै पत्रकारविरुद्ध कडा टिप्पणी गरेका थिए ।

गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए ।

पत्रकारलाई ‘दलाल र कुकुर’भन्दै जुम्लाका ज्ञानेन्द्र शाही अनलाइन र युट्युब च्यानलमा अन्तवार्ता दिँदै हिँडेका थिए ।

शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो ।

शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउलगत्तै हिरासतमा नराखेर काठमाडौं पठाएको थियो । शाहीलाई पक्राउ पूर्जी बिनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले  पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गरेको बताए ।

‘उनका समर्थकहरुले प्रहार गरेको ढुंगा लागेर छ जना प्रहरीसहित उनी पनि घाइते भएका हुन्,’ शाहले भने, ‘प्रहरीले हिरासतमा राखेर यातना दिएको होइन ।’

अदालतले पक्राउ पूर्जी जारी गरेपश्चात शाहीको खोजतलास गरेको र खुल्लामञ्चमा उनले गरेको कार्यक्रम सम्पन्न भएपछि पक्राउ गरिएको डिआईजी शाहले स्पष्ट पारे ।

शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानद्वय रामसागर वर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका छन् ।

शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बााकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  २ : ४७ बजे

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार