‘मिस्टर नेपाली’ मा भुवन हिरो पनि, भिलेन पनि | Khabarhub Khabarhub

‘मिस्टर नेपाली’ मा भुवन हिरो पनि, भिलेन पनि


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेता भुवन केसीले दोहोरो भूमिकामा अभिनय गर्ने गरी फिल्म ‘मिस्टर नेपाली’ को औपचारिक घोषणा गरिएको छ । साथै राजधानीको भद्रकाली मन्दिर परिसरबाट फिल्म युनिटले छायांकन समेत थालेको छ ।

देवचुली फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा बाँकी छायांकन नवलपरासीमा हुनेछ । फिल्ममा प्रेमराज दाहालको निर्माण रहेको छ भने देवनारायण भुसालको लेखन तथा निर्देशन रहनेछ ।

चलचित्रमा भुवन केसीको जोडी रीमा विश्वकर्मासँग हुनेछ भने भुवनले नायक र खलनायकको भूमिकामा अभिनय गर्नेछन् । यस्तै चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

यस्तै चलचित्रमा हिमाल केसीको द्वन्द्व, सुवास भुसाल र दीपक शर्माको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मलाई मनोरञ्जनको प्याकेज भनिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : ०८ बजे

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा