ब्रुनाईमा नयाँ कानून : समलिंगीलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड, चोरका हातखुट्टा काटिने | Khabarhub Khabarhub

ब्रुनाईमा नयाँ कानून : समलिंगीलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड, चोरका हातखुट्टा काटिने


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रुनाई– ब्रुनाईमा समलिंगी यौन सम्बन्ध राख्ने जोडीमाथि सार्वजनिक स्थानमा ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिनेलगायत इस्लामिक शरिया कानूनमा आधातिर नियम बुधबारबाट औपचारिक रुपमा लागू भएको छ ।

नयाँ कानून अनुसार अप्राकृतिक यौन सम्बन्ध राख्ने तथा इस्लामिक प्रचलन अनुसार अनैतिक यौन सम्बन्ध राख्नेलाई मानिसहरुको भीड अगाडि ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिइनेछ । त्यस्तै, चोरी गर्नेको हातखुट्टा काटिनेछ भने अन्य अपराधमा संलग्नलाई पनि कोर्रा हान्ने, जरिवाना तिराउने तथा सार्वजनिक बेइज्जती गर्ने लगायत यस्तै किसिमका कठोर सजाय दिइने व्यवस्था छ ।

नयाँ कानून किशोरावस्था पुगिसकेका मुसलमानका साथै अन्य धर्मका मानिसहरुलाई पनि केही हदसम्म लागू हुने बताइएको छ ।
ब्रुनाईको यस्तो कानूनको भने विश्वभरबाट आलोचना र तीब्र विरोध भएको छ । त्यस्तै, ब्रुनाईका समलिंगी र तेश्रोलिंगीहरुले पनि नयाँ कानूनलाई मध्ययुगमा आधारित कानून भन्दै विरोध गरेका छन् ।

त्यहाँ यसअघि नै समलिंगी सम्बन्ध गैर कानूनी छ भने समलिंगी सम्बन्ध राख्नेलाई १० वर्ष सम्मको जेल सजाय हुने व्यवस्था छ ।
अर्कोतर्फ ब्रुनाईका सुल्तानले भने मुलुकमा इस्लामिक कानून र धर्म कठोरतापूर्वक लागू होस् भन्ने आफ्नो चाहना रहेको जनाएका छन् ।

समाचार संस्था एएफपीसँग कुराकानीका क्रममा सुल्तान हस्सनल बोल्कियाहले ब्रुनाईमा इस्लामिक परम्परा कठोरतापूर्वक लागू हुनुपर्ने आफ्नो चाहना रहेको जनाएका हुन् । उनले नयाँ कानूनबारे भने कुनै टिप्पणी नगरेको एएफपीले जनाएको छ ।

मुलुकका ४ लाख २० हजारभन्दा धेरै जनसङ्ख्या रहेको ब्रुनाईमा दुई तीहाई भन्दा धेरै मानिसहरु मुसलमान छन् । ब्रुनाईमा यसअघि पनि मृत्युदण्डको व्यवस्था रहेपनि सन् १९५७ यता ब्रुनाईले कसैलाई पनि मृत्युदण्ड नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : १० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले