एड्सबाट सिरहामा २४ जनाको मृत्यु | Khabarhub Khabarhub

एड्सबाट सिरहामा २४ जनाको मृत्यु


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लहानमा बुधबार आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए ।

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी दिए ।

यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउँदै उनले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको जानकारी दिए । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो । एचआइभी एड्स सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ३ : ०७ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन