विप्लव नेतृत्वको नेकपाका ५४० नेता कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाका ५४० नेता कार्यकर्ता पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालीम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ ।

प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए । “पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ”, उनले भने।

विप्लव समूहले फागुनमा ललितपुरमा गराएको बम विष्फोटबाट एकको निधन भएको थियो भने यसभन्दा पहिले दुईको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  २ : ०१ बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी