कमिक एक्सन थ्रीलर फिल्म लिएर आउँदै शाहरुख खान ! | Khabarhub Khabarhub

कमिक एक्सन थ्रीलर फिल्म लिएर आउँदै शाहरुख खान !


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका किङ खान शाहरुख खान कमिक एक्सन थ्रीलर फिल्ममा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पछिल्लो समय फिल्म ‘जिरो’ हिट नभएपछि उनले कुनै फिल्ममा काम गरेका छैनन् । शाहरुख खानका फ्यानलाई अब उनी कुन फिल्म लिएर आउलान् भन्ने चासोको विषय बनेको छ ।

मिडिया रिपोर्टसका अनुसार शाहरुखले एक स्टाइलिस एक्सन फिल्म साइन गरेका छन् । जुन फिल्मको शूटिङ सन् २०२० बाट हुनेछ । फिल्मलाई भारत र विदेशमा समेत छायांकन गरिनेछ ।

एक्सन सिक्वेन्सका लागि विदेशबाट कुनै क्रुलाई फिल्ममा सामेल गराइनेछ । अहिले फिल्मको स्किृप्टको तयारी भइरहेको छ ।

खबरका अनुसार यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  २ : ३० बजे

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको