लोकप्रिय हुदै मारुती सुजुकी | Khabarhub Khabarhub

लोकप्रिय हुदै मारुती सुजुकी


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समय बद्लिदो छ । मान्छेका रहर बद्लिदै छन् । आवश्यकता थपिँदै छन् । मान्छेका यीनै रहर, सपना र आवश्यकतालाई मध्यनजर गर्दै इन्डो–जापानी अटोमोबाइल्स कम्पनी मारुती सुजुकीले नेपाली बजारमा सस्तोदेखि महङ्गा मूल्यका कार बिक्री गर्दै आएको छ ।

मारुती सुजुकी नेपालको सर्वाधिक लोकप्रिय सवारी ब्रान्ड हो । सन् १९८१ मा सिजी मोटोकर्प अन्तर्गतको अरुण इन्टरकन्टिनेन्टल प्रालिले कारोबार थाले यता हालसम्म यसका ४० हजार बढी कार नेपाली बजारमा बिक्री भैसकेका छन् ।

कम्पनीको आधिकारिक वितरक सिजी मोटोकर्पले नेपालमा १३ मोडलका ३७ कार बेच्दै गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने सबैभन्दा कम मूल्यको कार अल्टो ८०० हो भने महङ्गो मूल्यको एसक्रस हाइब्रिड मोडल हो । मारुती सुजुकीले नेपालमा बिक्री सुरु गरेको तीन दशक पुरा भइसकेको छ ।

कम्पनीले हाल ३० लाख मूल्यसम्मका १९ भेरियन्ट बिक्री गर्दै आएको छ । सीजी मोटोकर्पले कार चढ्ने नेपालीहरुको रहरलाई निकै सुलभ र सहज रुपमा सफल अवतरण गरिरहेको छ । फलस्वरुप यसका ग्राहकहरु पनि बढिरहेका छन् । ग्राहक मात्र होइन, आफ्नो सेवा क्षेत्र पनि बढाइरहेका छ ।

मारुती सुजुकीले ग्राहकको क्षमता, कमाई र आवश्यकता अनुसार छानी छानी कार किन्न सक्ने वातारण प्रदान गरेको कम्पनीले दाबी गरेको छ । कम्पनीले बिक्री गर्दै आएको ३० लाख मूल्यसम्मका कार यसप्रकार रहेका छन् ।

एस–प्रेशो

केही दिनअघि मात्रै नेपाल आएको एस–प्रेशोलाई पनि सस्तो कारको रुपमा लिइन्छ । विभिन्न चार भेरियन्टमा बिक्री भइरहेको एसप्रेशोको सबै भेरियन्टको मूल्य ३० लाख भन्दा कम रहेको छ । सस्तो र विश्वसनिय कारको रुपमा चिनिएको एस प्रेशोको एसटिडी भेरियन्ट २२ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

एसटिडी यसको लोअर भेरियन्ट हो । यस्तै, एलएक्सआई २३ लाख ९९ हजार, भिएक्स आई २४ लाख ९९ हजार र भिएक्स आई प्लस अर्थात यसको हाइ भेरियन्ट २५ लाख ४९ हजार रुपैयाँमा बिक्री भइरहेको छ । यी सबै भेरियन्टमा ९९८ सीसी क्षमताको इन्जिन लगाइएको छ ।

सुजुकी स्विफ्ट

दुई भेरियन्टमा बिक्री भइरहेको सुजुकी स्विफ्टको लोअर भेरियन्ट अर्थात भिएक्सआई २९ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ । ११९७ सीसी इन्जिनमा उपलब्ध स्विफ्टको हाइ भेरियन्ट जेडएक्सआईको मूल्य भने ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सेलेरियो

सर्वाधिक रुचाइने सेलेरियो पावरट्रेन, लुक्स र फिचरका कारण चर्चामा आउने गर्छ । तीन भेरियन्टमा बिक्री भएको यो कारको अधिकतम मूल्य तीस लाखभन्दा कम रहेको छ । यसको भिएक्सआई भेरियन्टको मूल्य २४ लाख ९९ हजार, जेडएक्सआई (०) को २७ लाख ४९ हजार, सेलेरियो एक्स जेडएक्सआइ (०) को २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

अल्टो ८००

मारुतीको इतिहास जोडिएको अल्टो ८०० नेपाली बजारमा सर्वाधिक बिक्री हुने मोडलमध्ये एक हो । विभिन्न चार भेरियन्टमा बिक्री भइरहेको यो मोडल विशेषत ट्याक्सीको रुपमा प्रयोग हुँदै आएको छ ।

अल्टो एसटीडीको मूल्य १८ लाख ९९ हजार रहेको छ भने एलएक्सआई भेरियन्टको २० लाख ९९ हजार रहेको छ । त्यसैगरी के १० भिएक्सआई भेरियन्टको मूल्य भने २२ लाख ८९ हजार रुपैयाँमा बिक्री भैरहेको छ ।

वागेन आर

मारुतीले वागेन आरलाई तीन भेरियन्टमा बिक्री गर्दै आएको छ । ९९८ सीसी इन्जिन क्षमताको भिएक्सआई (०)को मूल्य २४ लाख ९९ हजार रहेको छ । यसमा १.० लिटर इन्जिन लगाइएको छ । यस्तै, १.२ लिटर इन्जिनमा उपलब्ध भिएक्सआई (०) २६ लाख ९९ हजार र जेडएक्सआई(०) २७ लाख ९९ हजार रुपैयाँमा बिक्री भैरहेको छ । यी दुई मोडलमा भने ११९७ सीसी इन्जिन दिइएको छ ।

इग्नीश

तीन भेरियन्टमा बिक्री भइरहेको इग्नीशको लोअर भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै, जेटा पेट्रोल ३० लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ भने, अल्फा पेट्रोलको मूल्य ३३ लाख ९९ हजार तोकिएको छ ।

देशका ३० भन्दा बढी स्थानमा नेटवर्क विस्तार गरी कम्पनीले बिक्री र बिक्री पछिको सेवामा सहजता प्रादान गर्दै आइरहेको छ । जसका कारण उपभोक्तालाई सुजुकी गाडी खरिद गर्न र खरिद पश्चात सेवारसुविधा उपभोग गर्न समेत सजिलो बनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ११ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको