अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार नबढाउने | Khabarhub Khabarhub

अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार नबढाउने


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार शुल्क नबढाउने भएको छ । अमेरिकाको व्यापारिक प्रतिनिधिको कार्यालयले चीनसँग जारी वार्ता सकारात्मक दिशामा रहेकाले तत्काल चिनियाँ सामानमा भन्सार शुल्क बढाउनु पर्ने अवस्था नरहेको जनाएको छ ।

अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले चिनियाँ सामानको आयातमा तत्काल भन्सार शुल्क नबढाउने औपचारिक घोषणा भने आगामी मंगलबार गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अमेरिकाले जनवरी १ देखि चीनबाट आयात हुने २ खर्ब अमेरिकी डलर मूल्यका वस्तुमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने जनाएको थियो । तर, चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार बढाउने म्याद ९० दिन थपेका थिए ।

सो म्याद शुक्रबारमात्र सकिएको थियो । चीनले अवैधानिक व्यावसायिक अभ्यास गरिरहेको भन्दै अमेरिकाले चिनियाँ सामानमा भन्सार बढाउन लागेको थियो ।

यता चीनले भने आफ्ना सामानमा भन्सार नबढाउने अमेरिकी कदमको स्वागत गरेको छ । चीनको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको स्वागत गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ४ : ०० बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ