अष्ट्रेलियाका दुई मन्त्रीले दिए राजीनामा, सरकार अफ्ठ्यारोमा | Khabarhub Khabarhub

अष्ट्रेलियाका दुई मन्त्रीले दिए राजीनामा, सरकार अफ्ठ्यारोमा


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियाका दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि कमजोर देखिएको प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको सरकार अझ अफ्ठ्यारोमा परेको छ । शनिबार रक्षामन्त्री क्रिष्टोफर पाइन तथा रक्षा–उद्योगमन्त्री स्टिभन किओभोले पदबाट राजीनामा दिएका हुन् ।

यससँगै उनीहरुले आगामी मे महिनामा हुन लागेको आम निर्वाचनमा उम्मेद्वारी नदिने समेत घोषणा गरेका छन् । अष्ट्रेलियामा वर्तमान लिबरल पार्टीको सरकार पछिल्ला केही समययता आन्तरिक मतभेद चुलिँदै गएपछि कमजोर बन्दै आएको छ ।

अघिल्ला साताहरुमा अष्ट्रेलिया सरकारका रोजगारमन्त्री, मानव सेवामन्त्री लगायतले राजीनामा दिएका छन् भने आदिवासी मामिलामन्त्रीले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । त्यस्तै पूर्व विदेशमन्त्री तथा पार्टीमा प्रभावशाली नेतृ मानिने जुलिए विशपले पनि अघिल्लो महिना आगामी निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेकी थिइन् ।

पछिल्लो समय जारी खिँचातानीले अष्ट्रेलियाको सरकार अफ्ठ्यारोमा पर्दै आएको छ । आगामी मे महिनामा हुने निर्वाचनमा दक्षिणपन्थी सत्तारुढ लिबरल पार्टी लेबर पार्टीसँग पराजित हुने सर्वेक्षण सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ३ : १९ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता