कम उमेरमै बुढो देखिनुभयो ? यस्तो हुनसक्छ कारण | Khabarhub Khabarhub

कम उमेरमै बुढो देखिनुभयो ? यस्तो हुनसक्छ कारण


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–अत्यधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको छ ।

ब्रिष्टोलको लुईस मिल्लार्ड विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययन प्रतिवेदन पिएलओएस जेनेटिक्समा प्रकाशित भएको हो ।

उमेरभन्दा छिट्टै बुढ्यौली अत्यधिक धुम्रपानका कारणले भएको हो की बंशाणुगत कारणले भएको हो भन्ने तथ्य बैज्ञानिकहरूले छुट्याउन सक्ने पनि अध्ययनकर्ताहरुले जनाएका छन् ।

अध्ययनकर्ताहरुले अध्ययनमा सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए । तीमध्ये एउटा समूह कहिल्यै धुम्रमान नगरेकाहरुको थियो भने अर्को समूह अहिले धुम्रपान गरिरहने वा विगतमा गरेकाहरूको थियो ।

अन्य कुरा समान रहेको अवस्थामा पनि धुम्रपान गर्ने र नगर्नेका बीचमा तुलना गर्दा धुम्रपान नगर्ने भन्दा धुम्रपान गर्नेहरु बढी बुढो देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

बढी धुम्रपान गर्नेहरुमा बुढ्यौली देखिने समस्यासँगै घाँटी, फोक्सो, आन्द्रा, छाला लगायतमा अनेक समस्या देखिने गरेको उनीहरुले जनाएका छन् ।

धुम्रपानको असर उनीहरुले कति मात्रामा धुम्रपान गरेका छन्, त्यहि मात्रामा असर पर्ने गरेको पाइएको पनि अध्ययनकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र