सभामुखले राजीनामा दिएको भन्दै संसद सचिवालयले टाँस्यो सूचना | Khabarhub Khabarhub

सभामुखले राजीनामा दिएको भन्दै संसद सचिवालयले टाँस्यो सूचना


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा बारे सूचना टाँस गरी जानकारी गराएको छ ।

सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गर्दै सभामुख कृष्ण महराले विभिन्न सञ्चार माध्यममा आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाएको आरोपको सत्यतथ्य र निष्पक्ष र स्वतन्त्र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरिएको छ ।

सभामुखको राजीनामा पछि प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना जारी गरेको उल्लेख गरिएको छ ।

महराले आफूमाथि लागेको आरोपको सत्यतथ्य पत्ता लगाउन र निष्कक्ष छानबिनका लागि अनुसन्धान राजीनामा दिएको भन्दै मंगलबार नै राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  २ : ०८ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै