एउटै माछाले बनायो मालामाल | Khabarhub Khabarhub

एउटै माछाले बनायो मालामाल


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहि मानिस रातारात धनि भएको सुन्नु भएको छ ।

धनि हुन मानिसले बर्षौ मेहनत गरेर धन सञ्चय गर्नुपर्ने हुन्छ । दैनिक खर्चमा कटौती गर्नुपर्छ र बचतमा ध्यान दिनुपर्छ ।

तर भारतको उडिसाका माछा मार्ने एक ब्यक्ति लखपती बन्न न त उनको मेहनत नै काममा आयो न त कुनै बचत नै गर्नुपर्यो ।

मात्र एक माछाका कारण उनी साढे सात लाख भारतीय अर्थात १२ लाख नेपाली रुपैयाका धनि बनेका छन् ।

हुनत जो कोहिले पनि एक माछाका कारण लखपती बनेको कुरा पत्याउदैनन् । किनकी एक माछाको दाम अधिकतम कति पर्ला ?

तपाईको जवाफ हुनसक्छ उन्नत जातको ठुलो माछा भए बढिमा दुई चार हजार पर्ला । तर उडिसा चन्दवलीका ती माछा मार्ने ब्यक्तिले मात्र एक माछा बेचेर ७ लाख ४९ हजार भारतीय रुपैया पाएका छन् ।

चन्दबली इलाकाको धामरा समुन्द्रतटमा दैनिकजसो माछा मार्ने यी ब्यक्तिको जालमा एक अनौठो प्रजातिको माछा पर्यो ।

जसको बजार मुल्य ११ हजार (नेपाली) रुपैया भन्दा बढि थियो । कुल १ सय ७ किलोग्रामको उक्त माछालाई चेन्नईको एक औषधि उत्पादक कम्पनीले साढे ७ लाख भारुमा किनेपछि ति माछा मार्ने ब्यक्तिको जीवनी नै फेरिएको छ ।

उक्त अनौठो प्रकारको माछा ड्रोन सागर प्रजातिको रहको छ । यस प्रकारको माछा फोक्सो तथा छालाको औषधि र सौन्दर्य सामाग्री बनाउन प्रयोग गरीन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : २९ बजे

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल